Header Ads

Laliguras Breaking News:
Loading...

जीप दुर्घटनामा एकै परिवारका चार सहित ७ को मृत्यु (नामासहित)


प्युठान।स्वर्गद्धारी मन्दिरमा दर्शनका लागि ललितपुरबाट प्युठान आएको जिप दुर्घटना हुदा एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु भएको छ। चालक सहित २ जना गम्भिर घाइते भएका छन्। 

ललितपुरबाट स्वर्गद्वारी दर्शनका लागि आएको तिर्थयात्री सवार बा १ च १५६१ नम्बरको स्करपियो जिप भिंगृ ६ रुमालेमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ललितपुर महानगरपालिका १४ तिसेदेवलका दिनेशध्वज बस्नेत, उनका छोरीहरु दिक्षा बस्नेत, पद्मा बस्नेत र दिया बस्नेत रहेको प्युठान प्रहरीले जनाएको छ ।

त्यस्तै सोहि ठाउँका सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। मृतकहरुलाई हेलिकप्टरबाट ललितपुर लगिने भएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा जीप चालक सरोज घले, सुशीला बराल र अमृता गजुरेल रहेका छन्। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्राथमिक उपचारपछि अहिले वुटबलमा उपचार भैरहेको छ।

९ जना सवार जीप सडकबाट करिव १५० मिटर तल खसेको थियो । ८ जनाको समुह जीप रिजर्व गरेर स्वर्गद्धारी दर्शनका लागि मन्दिर पुग्नै लाग्दा दुर्घटनामा परेका हुन् । दुर्घटनाको कारण खुल्न सकेको छैन्। 

No comments

Theme images by Maliketh. Powered by Blogger.