Header Ads

Laliguras Breaking News:
Loading...

औधोगिक नगरी हेटौडामा पनि बेस्याबृतिको धन्दा मौलाउदै छ



  • १०,चैत्र/हेटौडा: होटलमा युवतीलाई राखेर अवैध यौन धन्दा चलाएको भन्दै मकवानपुर प्रहरीले हेटौंडाको २ वटा होटलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाएको छ । युवती तथा महिलालाई होटलमा राखेर जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाएको भन्दै प्रहरीले हेटौंडा–१० बसपार्कमा रहेको धादिङ होटल एण्ड लज तथा सामरीमा रहेको सामरी रिभर रेष्टुरेण्ट एण्ड लजका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

  •  विशेष सुराकीको आधारमा प्रहरीले गरेको विशेष निगरानीको क्रममा २ वटा होटलबाट यौन कार्यमा संलग्न २ जना महिला र सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । यी दुई होटलका मालिकहरुले किशोरी तथा महिलाहरुलाई जबरजस्ती यौन धन्दा गर्न बाध्य बनाई रकम असुली गर्दै आएका थिए । मङ्गलबार धादिङ होटल एण्ड लजबाट १ जना १८ बर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गर्न बाध्य बनाइएको अवस्थाबाट प्रहरीले महिलालाई उद्वार गरी होटलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो भने यस्तै बुधबार साविकको मकवानपुरगढी–९ सामरीमा रहेको सामरी रिभर रेष्टुरेण्ट एण्ड लजबाट २२ बर्षीया महिलालाई जबरजस्ती यौन कार्य गराउन बाध्य बनाइएको अवस्थामा प्रहरीले उद्वार गरी लजका सञ्चालक पनि नियन्त्रणमा लिइएको हो

  •  भनेर प्रहरी नायव उपरीक्षक गौतमले बताएका छन । ‘होटल सञ्चालन गर्ने नाममा कुनैपनि महिलालाई ललाईफकाइ गरेर जबरजस्त यौन कार्यमा लगाउनु गलत हो’ उनले भने ‘हामीलाई उपलब्ध भएको सूचनाको आधारमा प्रमाणसहित हामीले उनीहरुलाई पक्राउ गरेका हौं । अरु होटलमा पनि यस्ता गतिविधी हुने गरेको जानकारी पाएका छौं । ती होटललाई हामीले निगरानीमा राखेका छौं ।’ दुवै होटलका सञ्चालकलाई मानव बेचबिखन अन्तर्गतको मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अघि बढाइएको उनले जानकारी दिए । (प्रदेस रास्ट्रिय दैनिक मकवानपुरको सहयोगमा)

No comments

Theme images by Maliketh. Powered by Blogger.