Header Ads

Laliguras Breaking News:
Loading...

रास्ट्रीय कलाकारहरुको साथमा एनआरएन इजरायलले नयाँ वर्ष सांगितिक साँझ–२०७४’ कार्यक्रम गर्दै, !!



इजरायल, ११ चैत्र । गैरआवासीय नेपाली संघ (एआरएनए) इजरायलले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ‘नयाँ वर्ष सांगितिक साँझ–२०७४’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमबाट उठेको रकम इजरायलामा रहेका विभिन्न रोगबाट पीडित नेपाली दाजुभाई तथा दिदिबहिनीको सहयोगका लागि खर्च गरिने आयोजकले जानकारी दिएका छन् । ‘कार्यक्रम नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा पीडित अक्षय कोषका लागि मनोरन्जन तथा सहयोगका लागि आयोजना गरिएको हो’, आयोजकले बताए । कार्यक्रम यही अप्रिल १४ तारिख शुक्रबार वाइजम्यान स्ट्रीट–६०, तेल अभिभमा आयोजना हुनेछ । बेलुकी ७ बजे आयोजना हुने कार्यक्रमका लागि सहयोग स्वरुप प्रवेश शुल्क १०० एनआइएस राखिएको छ । कार्यक्रमलाई भव्य बनाउन नेपालबाट चर्चित हाँस्य कलाकार मनोज गजुरेल, गायक प्रकाश कट्वाल र गायिका रजिना रिमाल इजरायल आउनेछन । त्यस्तै कार्यक्रममा इजरायलमा रहेका स्थानीय नेपाली कलाकारहरुकोसमेत बेजोड प्रस्तुति रहनेछ ।
कार्यक्रमलाई सफल पार्न इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली शुभचिन्तकहरुलाइ आयोजकले  आग्रह गरेको  छ ।

No comments

Theme images by Maliketh. Powered by Blogger.