Header Ads

Laliguras Breaking News:
Loading...

यो संसारकै डरलाग्दो ठाउँ, जहाँ छ गुडियाको वर्षाै पूरानो इतिहास


एजेन्सी । मेक्सीकोको ‘छोछिमिको’ शहरको परिचय छुट्टै छ । अहिले यो ठाउँमा मानिसहरु घुम्न जान थालिसकेका छन् । तर, दशक पहिले यो ठाउँ संसारकै सबैभन्दा डर लाग्दो ठाउँ थियो ।
यस शहरको टापुमा रहेका रुखहरुमा हजारौं गुडिया झुण्ड्याइएको छ । जुन निकै डर लाग्दा छन् । कुनै मानिस यो ठाउँ देख्ने वित्तिकै डरले बेहोस् हुन्छन् । लालसादिलस मेनुकास नामको यो टापु मेक्सीकोको राजधानीबाट दुई घण्टाको दुरीमा पर्छ ।
सन १९५० मा यो टापु डन जुलिएन सन्तना थिए । उनले एक पटक एक युवती यहाँ डुब्न लागेको देखे र बचाउने कोशिष गरेर तर, असफल भए ।
पछि ती युवतीलाई भूतले सताउन थाले । उनलाई कसैले गुडियाको माध्यमबाट आत्माबाट छुटकारा पाउन सकिने सुझाव दिए । उनले पनि आफ्नो सुरक्षाका लागि पुरै टापुमा रहेका करिब १५०० रुखमा गुडिया झुण्ड्याए ।
जुलियन सन्तानको पनि २००१ मा हृदयघातबाट मृत्यु भयो । उनले अन्तिम समयमा टापुबाट गुडियालाई नहटाउन सुझाव दिएकी थिइन् । त्यसपछि अन्य मानिसहरुले युवतीको आत्माबाट बच्नका लागि गुडिया लिएर रुखमा झुण्ड्याउन सुरु गरे ।
अहिले पनि त्यो जंगलमा युवतीले कराउने गरेको आवाज आउने गरेको त्यहाँ घुम्न जानेहरु बताउने गर्छन् । सन १९८७ मा युनेस्कोले समेत यस ठाउँलाई विश्व विरासत स्थल घोषित गरेको थियो । वर्षौदेखि यहाँ भएका गुडियाहरु पनि बदलिदो मौसमसंगै डरलाग्दा देखिन्छन् ।

No comments

Theme images by Maliketh. Powered by Blogger.