Header Ads

Laliguras Breaking News:
Loading...

कोटेश्वरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते


काठमाडौं : राजधानीको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोटेश्वरको भूमि भैरव मन्दिर नजिकै शुक्रबार दिउँसो भएको दुर्घटनामा बाइकमा सवार एकजना घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार एउटै दिशाबाट गन्तव्यतर्फ गइरहेका बा ६० प ९४९६ र बा ५३ प ५४२६ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ९४९६ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते चालक भत्सल मोरको राजधानीको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइते युवतीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
अर्को मोटरसाइकलमा सवार दुई जना भने सामान्य घाइते छन्।

No comments

Theme images by Maliketh. Powered by Blogger.