Header Ads

Laliguras Breaking News:
Loading...

म्यादी प्रहरीमा जागिर खाने हो ? ७५ हजारका लागि आवेदन खुल्ला (यसरी भर्नुस् फाराम)


काठमाडौं, १०
चैत । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिने भएको छ ।
यसका लागि प्रहरीको मानव श्रोत विभागले विहिबार साँझ सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ ।
५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् । म्यादी प्रहरीका लागि ५३ वर्ष उमेरहद तोकिएको छ ।
पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् । निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।

1) भर्ना फाराम हेर्न यहाँ क्लिक गर्नुस्ः

2) भर्ना सम्बन्धी विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुस्ः

No comments

Theme images by Maliketh. Powered by Blogger.