Header Ads

Laliguras Breaking News:
Loading...

भैरहवाको गर्मीमा जब पूर्वप्रधानमन्त्री भट्टराई जनतासंगै खुल्ला चौरमा बसे… (फोटो फिचर)



– नरेश केसी
भैरहवा, ११ चैत । पश्चिम तराईको केन्द्र भैरहवामा चढ्दो गर्मी छ । गर्मिको कारण मान्छेहरु आजभोली खासै घरबाहिर निस्केको देखिदैनन् । तर शुक्रबार मध्यान्हको उखरमाऊलो गर्मीको परबाहै नगरी पूर्व प्रधानमन्त्री तथा नयां शक्ति नेपाल पाटिका संयोजक डा. बाबुराम भट्टराई स्थानीय महेन्द सभागृहको बाहिरपट्टिको खुल्ला चौरमा जनतासंग आनन्दसंग बसेको देखिन्थे ।
पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार मन्च बनाइएको थियो । तर मञ्चमा अन्य कार्यक्रम जस्तो न कुनै सोफा तथा कुर्सी नै थिए नत अतिथि नै । डा. भट्टराईसहितका नयां शक्ति नेपालका नेताहरु हिसीला यमी, दानबहादुर चौधरी, बामदेव क्षेत्री लगायतका शीर्ष नेताहरु चौरममा पलेटी मारेर बसीरहेका थिए ।
नयां शक्ति नेपाल पार्टीले औपचारिक कार्यक्रम गर्दा यस्तो परिपाटिको थालनी गरेको हो । हरेक जसो कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका अतिथी र सामन्य नागरिकको दर्जा दिएर कार्यक्रममा सहभागीहरुबीच गरिने विभेदलाई हटाउन सहभागीसंगै कार्यक्रम अवधीभर बस्ने कार्यक्रमले सर्वसाधारणमा समेत हौसला बढेको देखिन्छ ।


भैरहवाको प्रचण्ड गर्मीमा प्रचण्डलाई छाडेर नयाँ पार्टी बनाएका डा. बाबुराम भट्टराईले चुनाव चिन्ह आखांको प्रचार गर्दै तपतपी खसिरहेका पसिनाको परबाह नगरी मुसुमुसु हासिरहेका देखिन्थे । उनीसंगै बसेका शीर्ष नेताहरु पनि मन्चमा साना नानीहरुले प्रस्तुत गरेको सास्कृतिक कार्यक्रम हेरेर दंग देखिन्थे । कार्यक्रममा मधेसी, मुश्लिम समुदायको जनताको बाक्लो उपस्थिीति देखिन्छ ।

No comments

Theme images by Maliketh. Powered by Blogger.