Header Ads

Laliguras Breaking News:
Loading...

सेक्स गर्दा गर्दै युबकको भाँचियो लिंग !


सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।
भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको जर्नलमा जनाइएअनुसार भारतका डाक्टरहरूले खतरनाक पारामा लिंग फ्य्राक्चर भएको केसको सामना गरेका छन्। सेक्सका क्रममा एक युवकको लिंग बीचमा भाँचिएर खप्टिएजस्तै अवस्थामा पुगेको जर्नलमा जनाइएको छ।
‘म आक्रामक पारामा तीव्र गतिमा सेक्स गरिरहेको थिएँ। त्यत्तिकैमा तलतिरबाट ‘कडक्क’ गरेको आवाज आउने र बेस्कन दुख्ने एकसाथ भयो। यसो हेरेको त मेरो लिंग भाँचिएर फोल्डजस्तै भएको रहेछ,’ ती युवकलाई उद्धृत गर्दै जर्नलमा भनिएको छ।
त्यसपछि ती युवक अस्पताल पुगेका थिए। अस्पताल पुग्दा उनको लिंग मसिनो र कालो भइसकेको थियो। ‘उनको अवस्थालाई मेडिकल साइन्समा ‘एगप्लान्ड डिफर्मिटी’ भनिन्छ, जहाँ लिंगमा भएका दुईमध्ये एक ट्युब भाँचिन्छ र लिंग उत्तेजित गराउने गरी रक्तसञ्चार हुन पाउँदैन। भाँचिएको ठाउँ जडान गर्ने कामसमेत भइसकेको छ,’ जर्नलमा भनिएको छ।
सेक्सका क्रममा लिंग भाँचिएको घटना बेलाबेलामा आउने गर्छ। खासगरी महिला माथि र पुरुष तल भएर सेक्स गर्दा होश पुर्‍याइएन भने लिंग भाँचिने जोखिम बढी हुने डाक्टरहरूको भनाइ छ।
नागरिक न्युज

No comments

Theme images by Maliketh. Powered by Blogger.