Header Ads

Laliguras Breaking News:
Loading...

महासंघमा जिल्ला शाखाबाट गुणनिधि तिवारी र भरत थापा दुईटा भिडदै


  रबिन्द्र यादव
परासी, ११ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् । आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नवलपरासीले गुणनिधि तिवारीलाई प्रदेश ५ को संयोजक र भरत थापालाई महासंघको केन्द्रिय सदस्य पदमा चुनाव लडन सिफारिश गरेको संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो ।

महासंघको चुनावमा शेखर गोल्छा र किसोर प्रधानको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिदै छ । तिवारी र थापा दुईटै उम्मेदवार शेखर गोल्छाको प्यानलबाट चुनावमा भिडने बताइएको छ । महासंघको चुनाव नजिकिदै जाँदा तिवारी र थापा विभिन्न जिल्ला÷नगर शाखाहरु भिजिट गर्दै चुनावी तयारीमा लागेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिते तिवारी र थापा शेखर गोल्छा प्यानलमा बलियो उम्मेदवारको रुपमा रहेको व्यापक चर्चा छ । व्यापक चर्चामा रहेको यि उम्मेदवारहरु चुनावी क्याम्पिङ्गमा रामै लागेको पाइएको छ ।

No comments

Theme images by Maliketh. Powered by Blogger.