Header Ads

Laliguras Breaking News:
Loading...

दुवै मृगौलाबाट पिडित महिला पत्रकारको श्रीमतीलाई नमस्ते नेपालको ३० हजार सहयोग



नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले दुवै मृगौलाले काम गर्न छोडेर उपचारको लागी सहयोगको अपेक्षामा रहेकी महिलालाई रु ३० हजार सहयोग हस्तान्तरण गरेको छ । सुदूरपश्चिम महेन्द्रनगर जानकी टोल निवासी रेडियो पत्रकार शुक्ला फाँट एफ.एम का पहिलो दलित पुर्व स्टेशन म्यानेजर धिरेन्द्र सिनालको  श्रीमती सोनु सिनालको मृगौला उपचारको लागी उक्त सहयोग ३० हजार हस्तान्तरण गरेको हो ।
जनता मिडिया नेटवर्कमा आयोजित एक कार्यक्रममा नेपाल प्रेस युनियनका क्षेत्रिय संयोजक लाल ऐरि पत्रकार बिबेचना बिष्ट मार्फत सहयोग रकम हस्तान्तरण गरेको छ । पत्रकार तथा संयोजक ऐरिले सिनाल परिवार र सुदुर पश्चिम वासीको तर्फ बाटनै नमस्ते नेपाल हातेमालो सामाजिक संस्थालाई धन्यवाद दिएका छन् ।
सहयोग रकम हस्तान्तरण गर्ने क्रममा नमस्ते नेपालका केन्द्रीय सदस्य तथा मातृभूमी नेपालका संयोजक गणेश जी.सी, निशान उप्रेती, ग्यान्ज बहादुर श्रेष्ठ, राजेन्द्र रिमाल, नमस्ते नेपालकै सदस्य तथा पत्रकार लोकराज अधिकारी, सिमा आचार्य र कविता बगालेको सहभागिता रहेको थियो । सोही क्रममा नमस्ते नेपाल मातृभूमी नेपाल समन्वय समितीका संयोजक जी.सी ले संस्थाले ऐले सम्म गरेका परोपकार काम हरु र आगामी दिनका उदेश्यको बारेमा बोल्दै स्पष्ट गराएका थिए । उक्त कार्यक्रममा उपस्थित अतिथी हरु सबैले संस्थाले धेरै ठाउँमा राम्रो परोपकार काम गरेको र आगामी दिनको उदेश्य पनि निक्कै राम्रो भएको भन्दै संस्थाको प्रसंसा गरेका थिए ।

No comments

Theme images by Maliketh. Powered by Blogger.