Header Ads

Laliguras Breaking News:
Loading...

संविधान संशोधन नगरी निर्वाचन गरे मुलुक द्वन्द्वमा फस्न सक्छ : डा. भट्टराई


लहान – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् । नयाँ शक्ति पार्टी नेपालले सुरु गरेको ‘हिमाल–पहाड–तराई÷मधेस राष्ट्रिय अभियान’ अन्तर्गत आज सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सबैले आ–आफ्ना हठलाई त्यागेर संविधान संशोधन गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए ।
संयोजक भट्टराईले मधेसी, आदीवासी जनजातिलगायतका असन्तुष्ट पक्षहरूलाई सहमतिमा नल्याई गराईने निर्वाचनको कुनै अर्थ नहुने बताउँदै संविधान संशोधनीय दस्तावेज भएकाले यसलाई जनताको माग र भावनाअनुसार जतिबेला पनि संशोधन गर्न सकिने भएकाले संविधान संशोधनको विषयमा कसैले हठ र जिद्दीको कुरा गर्नु गलत भएको टिप्पणी गरे ।
मुलुकलाई निकासका दिन सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुपर्ने र निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्ने लगायतका मुद्दालाई अघि सारेर नयाँ शक्ति पार्टी नेपालले यो अभियान सुरु गरेको उनले बताए ।
सभामा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, रामकुमार शर्मा, गङ्गा श्रेष्ठ, लक्ष्मी चौधरी, डा राजेन्द्र केसीलगायतले मुलुकको समसमायिक राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे ।

No comments

Theme images by Maliketh. Powered by Blogger.